सुदूरपश्चिमको मुख्य न्याधिवक्तामा जोशी नियुक्त

  सोमबार २८, साउन २०८१ ०९:०६

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्याधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिएका छन् ।

’प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए ।

clock सोमबार २८, साउन २०८१ ०९:०६

प्रतिक्रिया