सुदूरपश्चिम प्रदेश सभाका तीन विषयगत समितिमा ८ सदस्य थप

  सोमबार २८, साउन २०८१ ०८:४७

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन्।

आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा समितिमा सदस्य थप गरेका हुन्।

पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी, पूर्वमन्त्री अक्कल बहादुर रावल र पूर्व राज्यमन्त्री गीता देबी माललाई सार्वजनिक लेखा समितिमा नियुक्त गरिएको छ।

यस्तै पूर्वमन्त्री रमेशसिंह धामी र लक्ष्मी विकलाई विधायन तथा प्रदेश मामिला समितिमा सदस्य नियुक्त गरिएको छ।

पूर्वमन्त्री माया पन्त, ओमविक्रम भाट र झपट साउदलाई सामाजिक विकास समितिमा सदस्य नियुक्त गरिएको छ। यसअघि पन्त यस समितिको सभापति थिईन्। 

clock सोमबार २८, साउन २०८१ ०८:४७

प्रतिक्रिया