सुदूरपश्चिमका योजना आयोग उपाध्यक्ष र मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

  बुधबार २३, साउन २०८१ ०७:०२

धनगढी । सुदूरपश्चिममा सरकार परिवर्तनसँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष उनीहरूले मंगलबार राजीनामा दिएका हुन् ।

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

clock बुधबार २३, साउन २०८१ ०७:०२

प्रतिक्रिया