पुरानो बजेट खारेज गर्दै सरकार, तत्काल पेश्की बजेट अनी प्रतिस्थापन

  बुधबार २३, साउन २०८१ ०६:३४

धनगढी ।  साउन २१ गते एकै पटक पुरै मन्त्रीमण्डलको सपथ गराएको सुदुरपश्चिम सरकारले चाँडै बजेट शुन्यताको समस्या हल गर्ने जनाएको छ । एमाले र काग्रेंस सहितको सत्ता समिकरणबाट बनेको सुदुरपश्चिम सरकारले २२ दिनदेखी ठप्प आर्थिक गतिबिधि चलायमान बनाउने एक÷दुई दिन भित्रै निर्णय लिइने जनाएको छ । सरकारले पुरानो बजेट खारेज गर्ने र पेश्की बजेट ल्याएर आर्थिक गतिबिधि चलायमान गर्ने योजना बनाएको छ ।

गत असार १ गते तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट अलपत्र छ । साउन २० गते नेकपा एमालेले समर्थन फिर्ता लिए सगैं अल्पमतमा परेका सोडारीले बजेट अध्यादेशबाट पास गर्न निकै प्रयास गरेपनि सफल भएनन् । सोडारीले अल्पमतमा परेको अन्तिम ३० दिनमा राजिनामा दिएपछि नयाँ सरकार बनेको छ । बजेट पास हुन नसकेपछि नयाँ आर्थिक बर्ष शुरु भएयता न सरकारले राजश्व उठाउन पाएको छ, नत खर्च गर्ननै । काग्रेंस र एमाले सहितको समिकरण पछि सोमबार मात्रै नयाँ सरकार बनेको छ । 

नयाँ सरकारको नेतृत्व नेपाली काग्रेंसका कमल बहादुर शाहले गरेका छन् । २२ दिनदेखीको बजेट शुन्यतालाई सरकारले पहिलो प्रार्थमिकतामा राखेको छ । तत्काल राजश्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई समेत अघि बढाइने सरकारको दावी छ । ''आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तिव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ मुख्यमन्त्री कमल शाहले भने “विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो, तर योपटक सबै मन्त्री ज्यूलाई एकैपटक सपथ ग्रहण गराएका छौँ । हामी सचिव ज्यूहरुसँग बसेर राजश्व र दैनिक खर्चको कुरामा एक÷दुई दिनभित्र निकास दिन्छौँ ।” शाहले राजश्व र दैनिक खर्चको विषय व्यवस्थाप भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई अघि बढाइने बताएका छन् ।

सरकारले तत्काल पेश्की बजेट ल्याएर हालको समस्या हल गर्ने तयारी गरेको हो । तत्कालको समस्या समाधान गरेपछि सबै क्षेत्र सगंको छलफल र संवाद पश्चात पुर्ण बजेट ल्याउने सरकारको तयारी छ । यसका बिचमा सत्ता सहकार्यमा रहेको नेपाली काग्रेंस र एमाले बिच अनौपचारिक छलफल भइसकेको छ । बिगतको सरकारले बनाएका राम्रा योजनाको निरन्तरता र गलत किसिमबाट बनेका योजना हटाउने नयाँ सत्ता समिकरणका दलहरुको तयारी छ । १०/१५ दिन भित्रै प्रतिस्थापन बजेट समेत ल्याउने तयारीमा सत्तारुढ दलहरु लागेका छन् ।

बिगतको सरकारका धेरै गलत काम भेटिएका छन् नेकपा एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले भने “बिगतको सबै बजेट गलत छ भन्दैनौँ, राम्रा कार्यक्रमको निरन्तरता हुन्छ, गलतलाई हटाउने छौँ, पुरानो बजेट खारेजनै हुन्छ, तत्कालको बजेट शुन्यताको समस्या हल गर्न पेश्की बजेट ल्याउने र घनिभुत छलफलपछि प्रतिस्थापन बजेट ल्याउँछौँ ।”

तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले बजेट निर्माणका क्रममा योजना किनबेच भएको भन्दै बिरोध समेत भएको थियो । प्रदेश सरकारको बजेट निर्माणमा बिचौलिया हावी भएको भन्दै प्रतिपक्षी दलले बिरोध जनाएको थियो ।

clock बुधबार २३, साउन २०८१ ०६:३४

प्रतिक्रिया