कांग्रेसले टुङ्गो लगायो २ मन्त्री र २ राज्यमन्त्रीको नाम

  सोमबार २१, साउन २०८१ १३:५४

कैलाली । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ ।

मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।

बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ । एमाले बाट पुरानै तीन जना मन्त्री बन्ने सम्भावना रहेको छ ।

clock सोमबार २१, साउन २०८१ १३:५४

प्रतिक्रिया