सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

  शनिबार १९, साउन २०८१ ०७:५७

धनगढी । सुदुरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागी दावी पेस गर्न प्रदेश प्रमुख नजिर मियाले आवह्वान गरेका छन् । शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै राजिनामा दिएका मुख्यमन्त्री दीर्घ सोडारीको राजिनामा स्वूकृत भए सगैं नयाँ मुख्यमन्त्रीका लागी दावी गर्न आवह्वान गरिएको हो ।

प्रदेश प्रमुख मियाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई सबिंधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका हुन् । साउन २० गते साझँ ५ बजेसम्म दावी पेस गर्न प्रदेश प्रमुख मियाले आवह्वान गरेका छन् ।

सत्ता समिकरण अनुसार सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली काग्रेंसको भागमा परेको छ । यहाँ काग्रेंसबाट निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाह, पुर्व मन्त्री प्रकाश देउवा, नेता देवान सिहं बिष्ट, बहादुर सिहं थापा मुख्यमन्त्रीका लागी दौडमा छन् ।

यद्यपी नेपाली काग्रेंस केन्द्रले कुनै निर्णय गरेको छैन ।  केन्द्रको निर्णय अनुसार सर्बसहमतीमा सुदुरपश्चिमको मुख्यमन्त्रीका लागी काग्रेंसबाट दावी पेस हुने काग्रेंस ससंदिय दलका नेता कमल बहादुर शाहले बताए ।

सुदुरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र एक स्वतन्त्रसहित ५३ प्रदेशसभा सदस्य छन् ।

clock शनिबार १९, साउन २०८१ ०७:५७

प्रतिक्रिया