सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमाले र कांग्रेसको ह्वीप

  शुक्रबार १८, साउन २०८१ १५:२८

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

कांग्रेस संसदीय दलका नेता कमल शाहले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । 

सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद छन् । दुबै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हो ।

clock शुक्रबार १८, साउन २०८१ १५:२८

प्रतिक्रिया