कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

  शुक्रबार १८, साउन २०८१ ११:०२

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी थालेको छ । बोर्डले सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको हो । त्यसका लागि बोर्डको बैठक बसिरहेको छ ।

बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो ।

बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको थियो ।

‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गर्नेछ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल हुने बोर्डले जनाएको छ । 

वेबसाइटबाट हेर्ने तरिका 

-सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ माथिको बक्समा सिम्बोल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ । जन्ममिति राख्दा वर्षरमहिनारदिन (जस्तै २०६५/०१/१४) ।

त्यसपछि तल रहेको सब्मिट बटनमा ट्याप गरे आफ्नो मार्कसिट सहितको नतिजा हेर्न सकिन्छ । 

एसएमएस 

नतिजा सार्वजनिक भएपछि एसएमएस मार्फत पनि हेर्न सकिन्छ । नतिजा सार्वजनिक भएको केही समयपछि मात्र अनलाइनबाट हेर्न सकिने भएकाले नतिजा चाँडो परीक्षाफल थाहा पाउन एसएमएस सेवा लिन सकिन्छ ।

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् । 

-त्यसपछि पठाउनुपर्ने नम्बरमा ज्ञटण्ण् राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा ल्भ्द्य टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् । 

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

यूएसएडी

*1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।

आईभीआर 

-सबैभन्दा पहिले आफ्नो ल्यान्डलाइनरफोनमा १६०१ डायल गरेर कल गर्नुहोस् । 

-त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् । 

-त्यसपछि तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ । 

clock शुक्रबार १८, साउन २०८१ ११:०२

प्रतिक्रिया