मोडल खड्काको ‘नमेटिने तेरो माया’ गितको म्युजिक भिडियो सार्वजनिक

  मङ्गलबार १५, साउन २०८१ २२:४४

धनगढी । सुदूरपश्चिमकी मोडल अनु खड्काले अभियन गरेको नमेटिने तेरो माया बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरोज रोकाया र गौरी भट्टले स्वर दिएको गितको म्युजिक भिडियो एनी सेन्चुरीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त म्युजिक भिडियोमा अभिनयमा मोडल खड्कालाई बिराज भट्ट र एनी सेन्चुरी लगायतका कलाकारले साथ दिएका छन् । भिम थापाको निर्देशनमा रहेको गितको छायांकन अमृत उपाध्यायले गरेका हुन् भने खप्तड फिल्मस्ले दृष्य निर्माण गरेको हो ।

सुरेन्द्र बिक स्मृतीको शब्दमा रहेको गितमा सरोज रोकायाले लय भरेका छन् । स्टाफ नर्स समेत रहेकी मोडल खड्का पछिल्लो समय सुदूरपश्चिमकी सुपरिचित मोडलका रुपमा परिचित छिन् ।

गित, संगितकर्मीको रोजाइमा पर्न सफल भएकी खड्काले एकपछि अर्को म्युजिक भिडियोमा स्थान पाइरहेकी छन् । खड्काको अभिनय रहेका दर्जनौँ म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

clock मङ्गलबार १५, साउन २०८१ २२:४४

प्रतिक्रिया