अत्तरियामा रहेको मदन आस्रित स्मृति प्रतिक्षालयमा रगंरोगन

  बिहिबार २७, असार २०८१ ०९:०८

धनगढी । कैलालीको अत्तरियामा रहेको मदन आस्रित स्मृति प्रतिक्षालयको मर्मत गरिएको छ । नेकपा (एमाले) गोदावरी नगरकमिटीले प्रतिक्षालयमा रगंरोगन सहित मर्मत गरेको हो ।

२०५२ सालमा निर्मित उक्त प्रतिक्षालय अलपत्र परेको थियो । एमाले गोदावरी नगरकमिटीका उपाध्यक्ष किर्त बहादुर चन्दले कमिटीले शुभ–चिन्तकहरुको सहयोगमा रगंरोगन गरेको बताए ।

उनले प्रतिक्षालय ब्यबस्थित बनेपछि पुर्ब पश्चिम यात्रा गर्ने यात्रुहरुलाई केही समय भएपनी आराम गर्न सहज हुने बताए । नगरकमिटीले प्रतिक्षालय प्रयोग गर्दा फ़ोहोर नगर्न सबैमा अपिल गरेको छ । 

clock बिहिबार २७, असार २०८१ ०९:०८

प्रतिक्रिया