सिद्धार्थ बैंकले गर्‍यो नमुना विद्यालयका बालबालिकाको लागि २ लाख सहयोग

  बुधबार २६, असार २०८१ २१:४१

धनगढी । सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

बैंकले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो।

बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा आज ९बुधवार० २ लाख १० हजार रकम हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ।

clock बुधबार २६, असार २०८१ २१:४१

प्रतिक्रिया