पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

  शनिबार २२, असार २०८१ ११:४३
फाईल फोटो

बझाङ । बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शनिवार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार पहिरो हटाउने काम भइरहेको छ। पहिरो खसेको ठाउँमा नेपाली प्रहरी, शसस्त्र प्रहरीको टोली पनि खटिएको छ।

जिल्लामा भारी वर्षा भइरहेकाले अहिले पहिरो पन्छाउने काममा पनि अवरोध भइरहेको छ। हरेक वर्ष वर्खायामा यो सडक पहिरोका कारण क्षति हुने गरेको छ।

दुई दिन यता पानी परिरहेका कारण अलिहेसम्म तीन पटक सडक अवरुद्ध भइसकेको छ। सडक अवरुद्ध हुँदा आवागमनमा ठप्प छ।

clock शनिबार २२, असार २०८१ ११:४३

प्रतिक्रिया