सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै
कैलाली। सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। महोत्सव स्थलमा राखिएका मार्सी र जोरायल बासमती चामल, गहत, विभिन्न प्रकारका गेडागुडी, गुड, महलगायतका खाद्य सामग्रीको माग उच्च भएको व्यवसायीहरूले बताएका छन्।
स्थानीय स्वाद, गुणस्तर र स्वास्थ्यका दृष्टिले उपयुक्त भएकाले उपभोक्ताहरू यस्ता उत्पादनतर्फ आकर्षित भएको व्यवसायीको भनाइ छ। “ग्राहकहरू अहिले उत्पादनको स्रोत र शुद्धताबारे चासो राख्छन्, जसले स्थानीय उत्पादनको बिक्री बढाएको छ,” एक व्यवसायीले बताए।
कैलाली, कंचनपुर लगायत डोटी, अछाम, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा र बझाङ जिल्लाका किसान र साना उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने अवसर महोत्सवले दिएको छ। यसले बिचौलियाको निर्भरता घटाउनुका साथै किसानलाई उचित मूल्य पाउन मद्दत पुगेको व्यवसायीहरूको अनुभव छ।

महोत्सवले स्थानीय किसान र साना उद्यमीलाई प्रत्यक्ष बजार उपलब्ध गराएको व्यवसायीहरूको अनुभव छ। यसले बिचौलियाको भूमिका घट्नुका साथै किसानले उचित मूल्य पाउन थालेको ब्यबसायीहरुले बताएका छन ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले स्थानीय उत्पादन प्रवर्द्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहेको जनाएको छ। संघका महासचिव एबम स्टल ब्यबस्थापन संयोजक दिनेश लम्सालले सुदूरपश्चिम महोत्सव स्थानीय अर्थतन्त्र सबल बनाउने माध्यम बन्दै गएको बताए।
सुदूरपश्चिमका किसान र उद्यमीले उत्पादन गरेका वस्तुलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउदै महासचिव लम्सालले स्थानीय उत्पादनको प्रयोग र बजारीकरण बढे मात्र आत्मनिर्भर अर्थतन्त्रको आधार बलियो हुने बताए ।
उपभोक्ताहरूले पनि महोत्सवले स्थानीय उत्पादन चिन्ने र प्रयोग गर्ने अवसर दिएको बताएका छन्। महोत्सव अवलोक गर्न पुगेका एक उपभोक्ताले भने, “यहाँ पाइने मार्सी, मह, दलहन र गेडागुडी शुद्ध एबम गुणस्तरीय भएकाले घरायसी प्रयोगका लागि उपयुक्त लाग्छ।” त्यसकारण खरिद आफुलाई चाहिने बस्तु खरिद गरेर लाने गरेको छु उनले भने ।

सुदूरपश्चिम महोत्सव मनोरञ्जनसँगै कृषि, उद्योग र व्यापार प्रवर्द्धनको साझा थलोको रूपमा स्थापित हुँदै गएको छ। स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजार विस्तारमा यसले दीर्घकालीन प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन ।
सुदुरपश्चिमका किसान र साना उद्यमीलाई आफ्ना उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने अवसर महोत्सवले दिएको छ। यसले बिचौलियाको निर्भरता घटाउनुका साथै किसानलाई उचित मूल्य पाउन मद्दत पुगेको व्यवसायीहरूको अनुभव छ।

प्रतिक्रिया