धनगढीमा झाडीभित्र नवजात शिशु फेला
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ अन्तर्गत भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ।
स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए।
सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शिशु कसले तथा किन फालेको भन्ने विषयमा प्रहरीले खोजी सुरु गरेको छ।
प्रतिक्रिया