धनगढीका ५ विद्यालयसँग मागियो लिखित स्पष्टीकरण

  बिहिबार २०, असार २०८१ १७:१०

धनगढी । धनगढीका पाँच विद्यालयसँग उपमहानगरपालिकाले लिखित स्पष्टीकरण मागेको छ। कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको ग्रेडसिट र प्रमाणपत्र नबुझेको भन्दै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको हो।

बिहीवार सोधिएको स्पष्टीकरणमा बैशाख २० गते प्रकाशित भएको परीक्षाको ग्रेडसिट र प्रमाणपत्र हालसम्म नलैजानुको कारण लिखित रूपमा असार २३ गतेभित्र पेस गर्न भनिएको छ। 

उपमहानगरपालिकाले धनगढी-२ को लिटल फ्लावर इङ्गलिस स्कुल, वडा नम्बर-५ को चैतन्य पाठशाला, वडा नम्बर-७ को कैलाली विद्या निकेतन, वडा नम्बर-७ को डिलाइट इङ्गलिस स्कुल र वडा नम्बर-१८ को कैलाश मालिका बोर्डिङ स्कुललाई स्पष्टीकरण सोधिएको छ।

clock बिहिबार २०, असार २०८१ १७:१०

प्रतिक्रिया