धनगढीको मणिलेक स्कुलका सबै विद्यार्थी एसईई परीक्षामा पास

  शुक्रबार १४, असार २०८१ ०६:२२

धनगढी । धनगढी उपमहानगरपालिका – ३ चटकपुरस्थित मणिलेक इन्टरनेशनल स्कुलका सबै विद्यार्थी एसईई परीक्षामा पास भएका छन् ।

मणिलेकका भाइस प्रिन्सिपल उमेश जोशीका अनुसार बिहीबार प्रकाशित नतिजामा सबै विद्यार्थी उत्तिर्ण भएका हुन ।

मणिलेक स्कुलपहिलो पटक एसईईमा सहभागी भएको थियो । यो नतिजाबाट बिधालय उत्साही बनेको छ । 

यस्तै नगर स्तरीय कक्षा ८ को परीक्षामा धनगढी ३ का संस्थागत विद्यालय मध्ये मणिलेक ईन्टरनेशनल स्कुलको नतिजा उत्कृष्ट नतिजा ल्याएको थियो । 

मणिलेक इन्टरनेशनल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर ल्याव र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको छ भने स्कुल भित्र विद्यार्थीले गर्ने विविध गतिविधिको निगरानी सी. सी. टी. भि. बाट समेत गर्ने गरिएको छ ।

clock शुक्रबार १४, असार २०८१ ०६:२२

प्रतिक्रिया