भजनीको जङ्गल कब्जा गरेर बसेका पाँच सय घर, टहरा भत्काइयो

  मङ्गलबार ११, असार २०८१ ०६:४०
भजनी बजार क्षेत्र नजिकैको जङ्गलमा भत्काइएका घर/टहरा । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

धनगढी । कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच सय घररटहरा सोमबार भत्काइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर/टहरा भत्काएको हो । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक एवम् पदमबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घररटहरा भत्काउन थालिएको छ । सुरुमा जङ्गल क्षेत्र खाली गराउन समस्या उत्पन्न हुने देखिएको थियो । तर सुरक्षाकर्मीको मेहनतले त्यो समस्या समाधान भएको छ ।

भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा नम्बर ३, ५, ७ र ९ का बासिन्दाहरू बाढीपीडित भन्दै बस्न आएका थिए ।

clock मङ्गलबार ११, असार २०८१ ०६:४०

प्रतिक्रिया