घोडाघोडीले मृतकलाई बाँड्यो करिब ३ लाख भत्ता, अनुगमनका नाममा लाख बढी

  शुक्रबार ०७, असार २०८१ १०:४४

धनगढी । इन्धनमा अचाकली खर्च गरेको कैलालीको घोडाघोडी नगरपालिकाले अनुगमनका नाममा समेत फजुल खर्च गरेको छ । यस्तै नगरपालिकाले मृत्यु भइसकेका ५९ जनाका नाममा करिब ३ लाख रकम भुक्तानी गरेको पाइएको छ ।

महालेखा परिक्षकको आर्थिक बर्ष २०७९/८० को प्रतिवेदनमा उल्लेख भए अनुसार नगरपालिकाले १४ जनाका नाममा १ लाख ९ हजार ३ सय ९५ रुपयाँ अनुगमन मुल्याकंन शिर्षकमा भुक्तानी गरेको छ ।

अर्थ मन्त्रालय कार्य सञ्चालन निर्देशिका २०७७ को ७.१.५ मा अनुगमन भ्रमण टोली खटाउनु परेमा काम सगं प्रत्यक्ष सम्बन्धित कर्मचारी मात्र खटाउनुपर्ने र त्यसरी कर्मचारी खटाउँदा बढिमा ३ जनाको टोली खटाउनुपर्ने ब्यवस्था छ । 

पालिकाले बिषयबिज्ञ नभएका एकै पटक ९ जना पालिका बाटै सवारी साधन र इन्धन सुबिधा प्राप्त गरेका कर्मचारी तथा पदाधिकारीलाई समेत अनुगमन भत्ता उपलब्ध गराएको छ । महालेखाले यसलाई निर्देशिका बिपरित अनुगमा भत्ता वाफत भुक्तानी भएको रकम सम्बन्धितबाट अशुल हुनुपर्ने बताएको छ ।

सामाजिक शुरक्षा भत्ता वितरण कार्यबिधि २०७७ को नियम १५ (४) मा मृत्यु भइसकेका ब्यक्तीले मृत्यु भएको दिनसम्मको भत्ता हकवालाले पाउने ब्यवस्था छ । तर नगरपालिकाले ५९ जना मृत्यु भइसकेका को नाममा सामाजिक शुरक्षा भत्ता निकासा गरेको पाइएको छ । 

पालिकाले २ लाख ८९ हजार ७ सय ६६ रुपयाँ मृत्यु भइसकेका ब्यक्तीका ५९ जनाका नाममा सामाजिक शुरक्षा भत्ता निकासा गरेको पाइएकाले सो रकम अशुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

clock शुक्रबार ०७, असार २०८१ १०:४४

प्रतिक्रिया