आज विश्व सङ्गीत दिवस मनाइँदै

  शुक्रबार ०७, असार २०८१ ०९:२९

काठमाण्डौ । आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । 

अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

 सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि विनायोसम्म मौलिकता थप्ने बाजाहरु छन् । 

clock शुक्रबार ०७, असार २०८१ ०९:२९

प्रतिक्रिया