रुखबाट लडेर गोदावरीका एक पुरुषको मृत्यु

  शुक्रबार १८, पुष २०८२ ०८:०१

धनगढी । रुखबाट लडेर कैलालीको गोदावरीका एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ बनखेती बस्ने ६० वर्षीय प्रेमबहादुर थापाको बिहीवार मृत्यु भएको हो।

थापा भगवती सामुदायिक वनमा रुखको हाँगा काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका थिए। 

उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

clock शुक्रबार १८, पुष २०८२ ०८:०१

प्रतिक्रिया