बेलौरी नगरपालिकामा गैरकानुनी रुपमा १०० कर्मचारी भर्ना गरी राज्यको दुई करोड स्वाहा !!

  बिहिबार ०६, असार २०८१ ०७:०८

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गरेर बजेट कुम्ल्याएको पाइएको छ । बेलौरी नगरपालिकाले विभिन्न पदमा कानुन विपरीत एक सय जना भर्ना गरि झण्डै दुई करोड राज्यको ढुकुटी सिध्याएको छ ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरि संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने व्यवस्था रहेको भनेको छ ।

तर बेलौरी नगरपालिकाले संगठन तथा व्यवस्थापन सर्भेक्षण विपरीत एक सय जना कर्मचारी करारमा राखेर एक करोड ९६ लाख खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

clock बिहिबार ०६, असार २०८१ ०७:०८

प्रतिक्रिया