कैलारीमा नेता र कर्मचारीले खाएको खानामा १० लाख स्वाहा

  मङ्गलबार ०४, असार २०८१ ०६:०१

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले खानाका नाममा १० लाख सकेको छ । आर्थिक बर्ष २०७९र८० को महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले खाना तथा खाजा शिर्षकमा १० लाख ६९ हजार ३ सय ५० रुपयाँ खर्च गरेको छ । 

खाना र खाजाका नाममा १० ला बढी खर्च गरेको पालिकाले सभा सञ्चालनका लागी भन्दै ५ लाख बढी सकेको छ । कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०७९र८० मा सभा सञ्चालनका लागी भन्दै ५ लाख ९१ हजार २ सय ८५ रुपयाँ खर्च गरेको छ । 

खाना, खाजा र सभा सञ्चालनमा मात्रै गाउँपालिकाले १६ लाख ६० हजार ६ सय ३५ रुपयाँ खर्च गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ६२ लाख ९२ हजार ५१ रुपयाँ रहेका बेला खाना, खाजा लगायत बिविध बिर्षकमा मात्रै १६ लाख बढील खर्च गरेको छ । 

यो आन्तरिक आयको १० प्रतिशत भन्दा बढी खर्च हुन आउँछ । आन्तरिक आयलाई ध्यानै नदिई गाउँपालिकाले उपलब्धी बिहिन क्षेत्रमा खर्च गर्दा ध्यान दिनुपर्ने महालेखाले जनाएको छ । आर्थिक मितब्ययिता हुने गरी आगामी दिनमा खर्च गर्न महालेखाले गाउँपालिकालाई सुझाव दिएको छ । 

यता गाउँपालिकाले फजुल खर्च बढी गरेको भन्दै स्थानिय आक्रोसित छन् । पजनप्रतिनिधी आम नागरिकका जनजिविकाका सवालमा काम गर्नुभन्दा आफु केन्द्रित भएको आरोप लागेको छ ।

clock मङ्गलबार ०४, असार २०८१ ०६:०१

प्रतिक्रिया