बाङ्लादेश विरुद्ध नेपाल २१ रनले पराजित

  सोमबार ०३, असार २०८१ ०९:००

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। बाङ्लादेश विरुद्धको खेलमा नेपाल २१ रनले पराजित भएको हो। 

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले बाङ्लादेशलाई १९ ओभर तीन बलमा १०६ रनमै समेटेको थियो। बाङ्लादेशका लागि शाकीब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए। महमदुल्लाह र रिसद होसेनले समान १३ रन तथा टस्किन अहमद र जाकर अलीले समान १२ रन र लिटन दासले १० रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिएका थिए।

१०७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९ ओभर दुई बलमा ८५ रनमै समेटियो। ब्याटिङतर्फ नेपालका लागि कुशल मल्लले ४० बलमा २७ रन बनाए।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन तथा आसिफ शेखले १४ बलमा १७ रनको पारी खेले। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनास बोहोराले खाता खोलेनन्।

बलिङतर्फ बाङ्लादेशका तन्जिम हसनले चार विकेट लिए। यस्तै मुस्तफिजुर रहमानले तीन विकेट हात पारे। शाकीब अल हसनले दुई तथा तस्किन अहमदले एक विकेट लिए।

योसँगै नेपालको विश्वकप यात्रा टुंगिएको छ। समूह चरण अन्तर्गत नेपालले चार खेलमध्ये तीनमा हार बेहोर्‍यो भने एक नतीजाविहीन रह्यो। नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले हारेको थियो भने श्रीलंका विरुद्धको दोस्रो खेल वर्षाले रद्द भएको थियो। यस्तै, दक्षिण अफ्रिका विरुद्ध नेपाल केवल एक रनले पराजित भएको थियो।

clock सोमबार ०३, असार २०८१ ०९:००

प्रतिक्रिया