अस्ट्रेलियाका ब्याटर क्रिस लिनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
धनगढी । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ ।
यसअघि बुधबार टोलीले दिएको हिन्टका आधारमा अनलाइनखबरले उक्त खेलाडी लिन भएको समाचार ब्रेक गरेको थियो । रोयल्सले आज आधिकारिक रूपमा नै लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।
अस्ट्रेलियाका लागि उनले १८ टी–२०आई खेलमा २९१ रन बनाएका छन् । सबैखाले टी–२० मा उनले ५ शतकसहित २९३ खेलमा ८३५५ रन बनाएका छन् ।
उनले आईपीएल, बीबीएल, सीपीएल लगायत विश्वका चर्चित क्रिकेट लिगहरूमा खेलेका छन् । एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि सुरु हुँदैछ ।
प्रतिक्रिया