मिडिया कपको उपाधि आयोजक खेलकुद पत्रकार मञ्चलाई
धनगढी । धनगढीमा सम्पन्न पाँचौं हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले हात पारेको छ। कैलालीको धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसलमा सम्पन्न प्रतियोगितामा आयोजक टिम विजयी बनेको हो।
अत्तरिया पत्रकार समूहलाई ४-१ गोल अन्तरले पराजित गर्दै आयोजक खेलकुद पत्रकार मञ्च प्रतियोगिताको बिजेता बनेको हो । उपाधिसहित आयोजक टोलीले नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ।
सोही अवसरमा उपविजेता बन्न सफल अत्तरिया पत्रकार समूहले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझाउनुपरेको छ। लिगकम नकआउटको आधारमा सम्पन्न प्रतियोगितामा पत्रकारहरुकै चार टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको थियो। क्लिनिकका दन्त चिकित्सक डा. मोहित एस.के ले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरे।
सुदूरपश्चिमको पहिलो निजी दन्त स्वास्थ्य संस्थाका रूपमा डेढ दशकदेखि सेवा दिँदै आएको सो क्लिनिक हाल दन्त अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ। क्लिनिक धनगढीको सेती प्रादेशिक अस्पताल नजिक अवस्थित छ।
खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार दशैँ–तिहारको अवसर पारेर हरेक वर्ष सुभकामना आदान–प्रदान र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउन मिडिया कप आयोजना गरिँदै आएको हो।
प्रतिक्रिया