कैलालीको स्याउलेमा पहिलो पटक शारदा क्रीकेट लिग आयोजना हुँदै

  आइतबार ०२, असार २०८१ ०८:३०

धनगढी । कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बजारमा पहिलो पटक शारदा क्रीकेट लिग (एससीएल) आयोजना हुँदै छ । स्याउलेमा रहेको शारदा विद्या निकेतनको आयोजनामा क्रीकेट लिग आयोजना हुन लागेको हो । 

प्रतियोगिता यु–१९ उमेर समुहको हुने र कैलाली जिल्ला भरिका एकेडेमी, क्लब, स्कुल एवम कलेजहरुले सहभागिता जनाउन पाउने शारदा विद्या निकेतनका संस्थापक÷प्रीन्सिपल रामचन्द्र शाहीले जानकारी दीए । 

कैलाली जिल्लामा लुकेर रहेका उमेर समुहका खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रीन्सिपल रामचन्द्र शाहीले जानकारी दीए । 
                                               
प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई नगद, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई नगद ५०००  मेडल र ट्रफी प्रदान गरिनेछ भने बेस्ट बलर र ब्याटरलाई नगद जनही ३००० मेडल र ट्रफी प्रदान गरिनेछ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५०० ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिता लिग कम नक आउटको आधारमा संचालन हुनेछ।
प्रतियोगिताको आयोजक शारदा विद्या निकेतन गोदावरी ८, स्याउले बजार रहेको छ।

उनले यसै प्रेस बिज्ञप्ति मार्फत प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दीदै प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको साथ, सहयोग र प्रायोजनको अपेक्षा गरेको आजकारी दीए । 

clock आइतबार ०२, असार २०८१ ०८:३०

प्रतिक्रिया