धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

  शनिबार ०१, असार २०८१ १४:३२

धनगढी । धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर बैयाबेहडीका किशोरको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुदा खड्कालाई करेन्ट लागेको बताए ।

उनकाअनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

clock शनिबार ०१, असार २०८१ १४:३२

प्रतिक्रिया