बोगटान गाउँपालिकाको बजेटबाट उपाध्यक्ष बमले खरिद गरिन ७९ हजारको मोबाइल

  शुक्रबार ३२, जेठ २०८१ ०७:२९

धनगढी । डोेटीको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट ७९ हजार मुल्यको मोबाइल खरिद गरेकी छन्।

उपाध्यक्ष बिष्नादेवी बमले सेवा सुविधा सम्बन्धि ऐन विपरीत मोबाइल खरिद गरेकी हुन। सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ३ मा गाउँपालिकाका पदाधिकारीले अनुसुची १ बमोजिमको सेवासुविधा बाहेक अन्य सुविधा दिन मिल्दैन।

तर उपाध्यक्ष बमले ऐन विपरीत वि।स २०८०।०३।०५ मा थ्याङ्क्यू विजनेसबाट वान प्लस कम्पनीको ७९ हजार एक सय मुल्यको मोबाइल खरिद गरेको महालेखापरीक्षकको कार्यलयले देखाएको छ।  

clock शुक्रबार ३२, जेठ २०८१ ०७:२९

प्रतिक्रिया