नेकपा एमाले गोदावरी-१ को अध्यक्षमा बलायर निर्वाचीत

  बुधबार ३०, जेठ २०८१ १७:५६

अत्तरिया । नेकपा एमाले गोदावरी नगरपालिकाको वडा नम्बर-१ को अध्यक्षमा मानबहादुर बलायर सर्वसम्मत रूपमा निर्वाचीत भएका छन् ।

कमिटीको उपाध्यक्षमा शान्ति पन्त फुलारा, सचिवमा कमला भट्टराई, उपसचिवमा कलावती भट्ट र यज्ञराज बिक सर्वसम्मत नै निर्वाचित भएको  नेकपा एमाले गोदावरी नगरकमिटीले जनाएको छ ।

यस्तै बलायरको अध्यक्षतामा ३१ सदसिय वडा कमिटी गठन भएको छ । आजबाट सुरु भएका गोदावरी नगरका वडा अधिबेशन जेष्ठ मसान्तसम्ममा सम्पन्न हुने बताईएको छ । 
 

clock बुधबार ३०, जेठ २०८१ १७:५६

प्रतिक्रिया