सार्वजनिक निकायमा जातीय विभेद र यौन हिंसा नियन्त्रण गर्ने मन्त्री भाटको पहिलो निर्णय

  मङ्गलबार २९, जेठ २०८१ ०७:०८

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रमसरल भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन्।

सोमवार मन्त्री बनेका उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन्।

खसगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा उल्लेख गरिएको छ।

त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहनेगरि तीन सदस्यीय आचारसंहिता निर्माण समिति समेत बनाइएको छ। 

clock मङ्गलबार २९, जेठ २०८१ ०७:०८

प्रतिक्रिया