मन्त्रीमा सिफारिस नामप्रति माओवादीमा असन्तुष्टि, नियुक्त नगर्न ५ सांसदले गराए ध्यानाकर्षण

  सोमबार २८, जेठ २०८१ १४:५६

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्री बन्नेहरूबारे पार्टीभित्रै विवाद सुरु भएको छ ।

संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् ।

माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ ।

माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । 

आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ ।

यस प्रदेशमा माओवादीका सभामुख सहित ११ सांसद छन् ।

clock सोमबार २८, जेठ २०८१ १४:५६

प्रतिक्रिया