कञ्चनपुरमा रुखमा च्यापिएर एक महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा रुखमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दोधाराचाँदनी नगरपालिका–४ पिपलचौतारामा हावाहुरीले रुख ढल्दा एक महिलाको च्यापिएर मृत्यु भएको छ।
दोधाराचाँदनी नगरपालिका–४ की ५० वर्षीया हीरादेबी बडुवाल सीमलको रुखमा च्यापिएर घाइते भएकी थिइन।
उनको उपचारकोक्रममा भारतको खटीमामा रहेको स्वस्तिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया