सुदूरपश्चिम प्रदेशः सरकारको वार्षिक नीति कार्यक्रम टेबुल

  बुधबार २३, जेठ २०८१ ०७:३७

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ।

प्रदेश प्रमुख नजिर मियाँले यही जेठ २० गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको प्रति आज मुख्यमन्त्री दीर्घबहादुर सोडारीले टेबुल गरेका हुन्। 

बैठकले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ। 

यसैगरी बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा विषयगत समितिअन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिको सदस्यमा रामेश्वर चौधरी, इन्दिरा गिरी र दमनबहादुर भण्डारी, सार्वजनिक लेखा समिति सदस्यमा लक्ष्मणकिशोर चौधरी, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सदस्यमा घनश्याम चौधरी र नरेशकुमार शाही, सामाजिक विकास समिति सदस्यमा खुशीराम डगौराथारुलाई मनोनयन गरिएको जानकारी दिए ।

clock बुधबार २३, जेठ २०८१ ०७:३७

प्रतिक्रिया