सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई योजना खरिद बिक्रि नगर्न एमालेको आग्रह

  मङ्गलबार २२, जेठ २०८१ १६:४६

धनगढी । नेकपा एमालेले योजना खरिद बिक्रि नगर्न सरकारलाई चेतावनी दिएको छ । पार्टी सुदुरपश्चिम ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई योजना खरिद बिक्रि नगर्न चेतावनी दिएका हुन् । सोमबार संसदिय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले योजना खरिद बिक्रि गर्ने बिचौलियाको बिगबिगी रहेको सुनिन आएकाले बिक्रि नगर्न चेतावनी दिएका हुन् ।

मुख्यमन्त्री सोडारीले बिचौलियाको इसारामा बजेट ल्याए समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारमा बसेर गलत काम गरे सरकारको समर्थन नराख्ने एमालेको चेतावनी छ । मुख्यमन्त्री सोडारी नेतृत्वमा अहिले ३ सदस्यीय मन्त्रीमण्डल छ ।  एमाले र माओवादी सरकारमा सहभागी छैनन् । 

मुख्यमन्त्री सोडारीले आथिक मामिला, सामाजिक बिकास, उधोग, पर्यटन बन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय समेत सम्हालेका छन् । सोडारीलाई जनपक्षीय बजेट निर्माण गर्न एमालेले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेकपा एमाले प्रदेश संसदीय दलका नेता रावलले बताए।

‘योजना किन्ने र बेच्नेहरूको यहाँ बजारमा बिगबिगी छ। बिचौलियाको होइन, आम जनताको बजेट हुनुपर्छ, सर्वहारा वर्गको बजेट हुनुपर्छ, किसानको बजेट हुनुपर्छ’, रावलले भने।

बजेट निर्माण गर्दा सरकारले बनाएको मापदण्ड र बजेट निर्माणका आधारहरूको पालना गरिनुपर्ने एमालेको धारणाबारे मुख्यमन्त्री सोडारीलाई लिखित रुपमै अवगत गराइएको एमालेको दाबी छ। आम सर्वसाधारणको पक्षमा जनमुखी बजेट निर्माण र कार्यान्वयनमा इमानदारी हुनुपर्ने एमालेको धारणा रहेको एमाले दलका नेता रावले बताए।

clock मङ्गलबार २२, जेठ २०८१ १६:४६

प्रतिक्रिया