राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसदमा पुगे रास्वपा सांसद

  मङ्गलबार २२, जेठ २०८१ १३:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । 

टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए ।

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ ।

समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

clock मङ्गलबार २२, जेठ २०८१ १३:३५

प्रतिक्रिया