एमाले धनगढीको सदस्यमा सर्वाधिक मत ल्याएर युवा नेता ओली निर्वाचित

  मङ्गलबार २२, जेठ २०८१ १३:३२

धनगढी । नेकपा एमालेको धनगढी उपमहानगरपालिका कमिटीको सदस्यमा युवा नेता आयुश ओली निर्वाचित भएका छन्। उनी उपमहानगरको सदस्यमा सर्वाधिक मतसहित पालिकातर्फबाट निर्वाचित भएका हुन्।

आईतबार सम्पन्न नेकपा (एमाले) धनगढी उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशनबाट उनी खूल्ला नगर सदस्यमा निर्वाचित भएको बताइएको छ।

धनगढी उपमहानगरपालिका २ घर भएका उनी राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीको सहसचिव पनि हुन्। उनी कैलालीमा युवाहरु माझ लोकप्रिय छन्।

clock मङ्गलबार २२, जेठ २०८१ १३:३२

प्रतिक्रिया