यातायात मजदुर सगंठनद्वारा यातायात क्षेत्र सुधारका लागी मन्त्री चौधरीको ध्यानाकर्षण

  सोमबार २१, जेठ २०८१ १४:३८

धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम प्रदेशले प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री कैलास चौधरीलाई मागपत्र बुझाएको छ । यातायात क्षेत्र सुधार सम्बन्धी सगंठनले मागपत्र बुझाएको हो । 

सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ का् नियमावली २०५४ को नितिगत कार्यान्वयन नभएको भन्दै यसको कार्यान्वयनका लागी मन्त्री चौधरीको ध्यानाकर्षण गराइएको छ ।

सार्बजनिक यातायात क्षेत्र अस्तब्यस्त, सडकमा राज्यको आतकं, श्रमिकको शुरक्षा कानुन ससांधनका लागी कार्यान्वयनका माग मन्त्रीसमक्ष बुझाइएको छ ।

ट्राफिक जरिवाना नियम सगंत हुनुपर्ने, चेकिङका नाममा अनावश्यक दुख दिन बन्द गरिनुपर्ने, पिक एण्ड ड्रप र स्ट्याण्डको ब्यवस्थापन, प्रदुसण जाँच, ऐन नियम ससोंधन, प्रदेश यातायात प्राधिकरण बनाइनुपर्ने मागपत्र मन्त्री चौधरीलाई बुझाइएको छ । 

यस्तै सामाजिक शुरक्षा, इ रिक्साको ब्यवस्थापन, दीर्घकालिन समस्या समाधान आयोग गठन लगायतका माग नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम अध्यक्ष ललित चन्दले मन्त्री चौधरीलाई बुझाएका हुन् ।

clock सोमबार २१, जेठ २०८१ १४:३८

प्रतिक्रिया