रञ्जिता श्रेष्ठ पर्यटनमन्त्री बन्दै, एकसाताभित्र सरकारमा जाने तयारी

  सोमबार २१, जेठ २०८१ १४:३२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बन्ने भएकी छन् । एकसाता भित्रै अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व गर्नेछिन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमा श्रेष्ठलाई सञ्चारमन्त्रीको प्रस्ताव गरेका थिए ।

तर उनले पर्यटनमै जाने बताएपछि एकसातापछि उनलाई मन्त्री बनाउने तयारी छ । केही दिनभित्र नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति वैठक बस्न लागेको र सोही बैठकबाट अध्यक्ष श्रेष्ठको नेतृत्वमा सरकारमा जाने निर्णय हुनेछ ।

रञ्जितानिकट नाउपाका एक नेताले पनि उनी पर्यटनमन्त्री बन्न लागेको पुष्टि गरे । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ छन् । उनको स्थानमा श्रेष्ठ मन्त्री बन्नेछिन् ।

clock सोमबार २१, जेठ २०८१ १४:३२

प्रतिक्रिया