सुदूरपश्चिम प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक

  आइतबार २०, जेठ २०८१ १८:१५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ।

प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको हो। \

शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको हो। प्रदेश प्रमुख मियाँले प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने बताएका हुन्। 

सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले प्रदेशको राजधानी गोदावरी नगरपालिकाको–२ र ४ मा राख्ने निर्णय गरेको थियो।

clock आइतबार २०, जेठ २०८१ १८:१५

प्रतिक्रिया