एमाले गोदावरीको अध्यक्षमा सिंह र सचिवमा विष्ट विजयी

  शुक्रबार १८, जेठ २०८१ ०८:१८

अत्तरिया । नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटिकोे अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । बिहिबार भएको निर्वाचनमा वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १६२ मत सहित विजयी भएका हुन् ।

सिंहका प्रतिद्धन्दी हरि प्रसाद फुलाराले १४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा सिंह प्यानलकै कृत बहादुर चन्द विजयी भएका छन् ।

सचिवमा भने फुलारा प्यानलका विक्रम विष्ट विजयी भएका छन् । उप सचिव महिलामा कृष्णा चौधरी, उप सचिव खुलाबाट जय बहादुर विक विजयी भएका छन ।

clock शुक्रबार १८, जेठ २०८१ ०८:१८

प्रतिक्रिया