कैलालीमा तीन पसलमा आगलागी, साढे ४२ लाखको क्षति

  बिहिबार १७, जेठ २०८१ ११:३६

धनगढी । कैलालीमा पसलमा आगलागी हुँदा साढे ४२ लाखको क्षति भएको छ। कैलालीको गोदावरी नगरपालिका–६ लालपुर चोकस्थित टेकबहादुर साउँदले सञ्चालन गर्दै आएको न्यू भुवन हार्डवेयरमा बुधवार विद्युतक तार सट भई आगलागी हुुँदा सोही ठाउँस्थित शंकर खड्काले सञ्चालन गर्दै आएको भैरव एग्रोभेट र नारायण वलीले सञ्चालन गर्दै आएको सुसेन्टरमा समेत आगलागी भएको हो।

आगलागीबाट ४२ लाख ५) हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। उक्त आगलागीबाट मानवीय तथा चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ।

clock बिहिबार १७, जेठ २०८१ ११:३६

प्रतिक्रिया