धनगढीका मेयरकै कार्यकक्षमा वडाअध्यक्षहरु बिच लफडा, यस्तो छ कारण

  बुधबार १६, जेठ २०८१ १२:४३

धनगढी । धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरु बिच लफडा भएको छ । मगंलबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आगामी निति कार्यक्रम तथा बजेट सगैं कार्यपालिका बैठक निरन्तर चलाउने बिषयमा छलफल गर्न बोलाइएको अनौपचारिक बैठकमा लफडा भएको हो ।

जग्गा कित्ताकाट सम्बन्धीको बिधेयक पास भए सगैं मेयर गोपाल हमालसगं काग्रेंसका वडा अध्यक्षहरु रुस्ट भए सगैं त्यसपछि कार्यपालिका बैठक बस्न सकेको थिएन । मगंलबार सोही बिषय र बजेट बारे छलफलका लागी बोलाइएको बैठकमा भनाभन भएको पाइएको छ ।

छलफल शुरु भएको १५ मिनट पछि वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी, ५ का अध्यक्ष गजेन्द्र शाही लगायतको टिम पुग्यो एक वडाध्यक्षले भने “आएर अतिक्रमित तालको जग्गा हटाउने बिषय र जग्गा कित्ताकाट सम्बन्धी बिषयले प्रवेश पायो, ५ नम्बरका अध्यक्ष गजेन्द्र शाहीले ताल खोल्ने बिषयमा आफुलाई कुनै जानकारी नगराएको भनेर मेयरसाप कहाँ गुनासो राख्नुभयो, एक्कासी नगर प्रहरी पठाएर आतकिंत पारेको उहाँले गुनासो गर्नुभयो, ९ नम्बरका अध्यक्ष प्रेम भण्डारी, १ नम्बरका शन्तोस मुडभरीले जग्गा कित्ताकाट सम्बन्धीको बिधेयक बारे प्रश्न उठाउनुभयो, त्यसै भेला १८ नम्बरका अध्यक्ष भुवन रिजालले हस्ताक्षर गरेर पछि मिडियामा गलत कुरा बोलेको भनेर उहाँहरुले कुरा उठाउनुभयो ।” सो बिषयमै वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी, ५ का अध्यक्ष गजेन्द्र शाही र ९ नम्बरका अध्यक्ष प्रेम भण्डारील निकै उग्र बन्नुभयो उनले भने “१८ नम्बरका अध्यक्ष रिजाललाई फटाहा, जाली लगायतका अपसब्द प्रयोग गरेर उनिमाथी जाइलाग्नुभयो र रिजाल जी बाहिर निस्कनुभयो ।”

भित्र म माथी आक्रमण हुने देखेर म बाहिर निस्किसकेको थिए वडा अध्यक्ष रिजालले भने “बाहिर गेटमै पुग्ने बेला ३ नम्बरको अध्यक्ष राज बहादुर ऐर आउनुभयो र भित्र जाउँ मिलाउ भन्नुभयो अनी म फर्के, मेयर सापको कार्यकक्षमा पुग्दा शन्तोस मुडभरी र गजेन्द्र शाहीले म माथी आक्रमण गर्नुभयो, फेरी गालीगलौच र अपसब्द प्रयोग गरेर म माथी आक्रमण गर्न थाल्दा वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महरा र १६ का अध्यक्ष रामलाल चौधरीले बचाउनुभयो, मलाई ज्यान जोगाउनै मुस्किल भयो अनी बल्लतल्ल बाहिर निस्के ।”

मेयर हमालकै अगाडी छलफल भइरहदा हातपात गर्न खोज्नु गलत भएको भन्दै अध्यक्ष रिजाल सहित एमाले र माओवादीका ८ जना अध्यक्षहरुले कावाृहीको माग सहित मेयरलाई ज्ञापनपत्र बुझाएका छन् । म माथी आक्रमण प्रयास भएको छ त्यस कारण वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी, ५ का अध्यक्ष गजेन्द्र शाही र ९ नम्बरका अध्यक्ष प्रेम भण्डारीलाई कार्वाही हुनुपर्छ उनले भने “बिधिको शासन यो होइन, वडा अध्यक्षहरुनै अराजक गतिबिधी गरेर गुण्डाशैलीमा आक्रमण गर्न आउनुभयो त्यस कारण मेयर सापलाई कार्वाहीको माग गरेका छौँ र शुरक्षाको ब्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीकहाँ जाँदैछु ।”

तर वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारीले आक्रमणको प्रयास नभएको बताए । हामीले मेयरसाप कहाँ पुरानै जग्गाको बिषय उठाएका थियौँ भण्डारीले भने “स्वभाविक रुपमा भुवन रिजालले डिभोटी होटलमा बसेको बैठकमा हस्ताक्षर गेरेर पछि मिडियामा होइन भन्नुभाको कुरा उठेको हो, किन गर्नुभयो भनेर, शन्तोस जीहरुले भन्नुभाकै हो, त्यही बिषयमा सामान्य बोल्नुभाको होला अरु घटना केही भएको छैन, उहाँले आक्रमणको प्रयास भयो भन्नु गलत हो, म भित्रै छु, त्यस्तो केही भएको छैन ।

जग्गा कित्ताकाट सम्बन्धीको निर्णयमा १८ नम्बरका अध्यक्ष भुवन रिजाल आफुहरु सगैं भएपनि मिडियामा नभएको कुरा बोलेपछि त्यो प्रसगं उठेको वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले बताए । आफुहरुले कुनै हातपात गर्न नखोजेको बताउँदै उनले सबै भिडियो सिसिटिभीमा हेर्न समेत आग्रह गरे ।

clock बुधबार १६, जेठ २०८१ १२:४३

प्रतिक्रिया