सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन् । यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।
बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ। उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
दलबाट यस अघीनै निर्णय गरिसकेको माओवादी र एमालेले आज मात्रै बिश्वासको मतका लागी ह्वीप जारी गरेको छ । मुख्यमन्त्री सोडारीले तिन दल एक स्वतन्त्र र नागरिक उन्मुक्तीका दुई सांसदको मत पाउने छन् । उन्मुक्तीकै रेशमलाल चौधरी पक्षका ५ प्रदेश सांसद बिपक्षमा उभिने छन् ।
५३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभाबाट सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ । एमालेका ११, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षका सांसदहरू सरकारको विपक्षमा छन् भने रन्जिता पक्षका २ सांसद सरकारमै सहभागी छन् ।
प्रतिक्रिया