सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

  मङ्गलबार ०१, जेठ २०८१ १६:५५

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ । यद्यपि यो बारेमा औपचारिक निर्णय गर्न बाँकी छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने  बताए ।

“हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं । पार्टी नेतृत्वको निर्देशन पनि प्राप्त भएको छ,” रावलले भने । ६ बैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ बैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।

तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

एमालेले केन्द्रको निर्देशन नआएको भन्दै २२ बैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री सोडारीले पर्सि जेठ ३ गते बिहान सवा १० बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

clock मङ्गलबार ०१, जेठ २०८१ १६:५५

प्रतिक्रिया