आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

  मङ्गलबार ०१, जेठ २०८१ ०७:५४

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नेछन्।

संसद् सचिवालयले सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ-आफ्नो आसन ग्रहण गर्न भनेकोे छ।

जेठ १ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। त्यसपछि जेठ १५ गते बजेट ल्याइनेछ।

clock मङ्गलबार ०१, जेठ २०८१ ०७:५४

प्रतिक्रिया