वैवाहिक बलात्कार मुद्दामा नेपाल आइडल विजेता रवि ओडले गरे प्रहरी समक्ष आत्मासमर्पण

  आइतबार ३०, बैशाख २०८१ ०९:२०

धनगढी । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मा सर्मपण गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले बताए ।

जोशीकाअनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो । तर ओड सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

clock आइतबार ३०, बैशाख २०८१ ०९:२०

प्रतिक्रिया