सुदूरपश्चिममा लगानी लगाउन पोल्ट्री ब्यवसायीलाई पुर्व मुख्यमन्त्रि रावलको आग्रह

  शुक्रबार २८, बैशाख २०८१ ११:२५

धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा पुर्ब मुख्यमन्त्रि राजेन्द्रसिंह रावलले पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टलाई सुदूरपश्चिम प्रदेशमा पनि लगानी लगाउन आग्रह गरेका छन् । 

अगामी जेठ १८ गते देखि हुने नेपाल-इन्डिया पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचार प्रचार गर्न सुदूरपश्चि आएका बेला उनले सो आग्रह गरेका हुन । 

अहिले नेपाल पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले कोशी प्रदेशमा अरबौँको लगानी लगाइरहेका छन् ।

दलका नेता रावलले विष्टलाई प्रत्यक्ष सम्पर्क गरी निजी क्षेत्रमैत्री कानुन निर्माणमा सरकार लाग्ने र निजी क्षेत्रलाई सुदूरपश्चिममा प्राथमिकता दिन आग्रह गरेका हुन् ।

‘सुदूरपश्चिममा धेरे ठुलो सम्भावना रहेको छन्, तर उद्योग कलकारखाना खुलेका छैनन् । हामी उद्योगमैत्री नीति तयार गर्छौ तपाईँहरू सुदूरपश्चिममा लगानी भित्राउन थाल्नुहोस्’ रावलले विष्टलाई भनेका थिए ।

पूर्व मुख्यमन्त्री रावलले ठुला लगान भित्राउन पनि विष्टलाई आग्रह गरेका थिए । विष्टले केही समय यस विषयमा छलफल अगाडि बढाउन सकिने बताएका थिए । उनले भरतपुरमा जस्तो प्रदर्शनी सुदूरपश्चिममा पनि आयोजना गरेर सुदूरपश्चिमको सम्भावनालाई विश्वभरि देखाउन सकिने बताएका थिए ।

clock शुक्रबार २८, बैशाख २०८१ ११:२५

प्रतिक्रिया