रेशमले रञ्जिता र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा सुनुवाइ भएन

  आइतबार ०९, बैशाख २०८१ १७:३०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’ सूचीमा राखिएको छ । चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन नसकेको हो । 

यस अघि वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको  थियो । त्यसअघि चैत्र २५ गते सर्वोच्चले नाउपाको अध्यक्षमा चौधरीलाई मान्यता नदिनुको कारण पेस गर्न आदेश दिएको थियो ।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिएर श्रेष्ठ नै अध्यक्ष भएको निर्णय गरेको थियो ।

आयोगको सो निर्णयविरुद्ध रेशमले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको पेसी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो । 

clock आइतबार ०९, बैशाख २०८१ १७:३०

प्रतिक्रिया