अत्तरियाको रेड्सन प्लाजाबाट सञ्चालकसहित पाँच जुवाडे पक्राउ

  आइतबार ०९, बैशाख २०८१ ०९:०६

धनगढी । कैलालीको अत्तरियामा रहेको रेड्सन प्लाजाबाट सञ्चालकसहित पाँच जना जुवाडे पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ मा रहेको रेड्सन प्लाजाबाट होटल सञ्चालक ४२ वर्षीय करनबहादुर चन्दसहित पाँच जना पक्राउ परेका हुन्। 

रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शनिबार प्रहरीले सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। चार जना जुवाडेको नाम भने प्रहरीले खुलाएको छैन्। 

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले एक लाख ५५ हजार दुई सय नगद, पाँच गड्डी तास, तीन पाना एनएमबी बैंकको खाली चेकसहित पाँच जनालाई पक्राउ गरिएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

उता कञ्चनपुरबाट पनि प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकले सञ्चालन गरेको नास्ता पसलबाट उनीसहित ८ जना पक्राउ परेका हुन्।

कोठाभित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालकसहित ८ जना जुवाडेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सो नास्ता पसलबाट ११ हजार ५१० रुपैयाँ नगद र ६ गड्डी ताससहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

clock आइतबार ०९, बैशाख २०८१ ०९:०६

प्रतिक्रिया