सुदूरपश्चिमका पूर्वउपसभामुख,मन्त्री देखि साँसदले गरेनन् सुबिधा फिर्ता

  शनिबार १६, बैशाख २०८० ०७:३४     विश्वास खबर

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका निबर्तमान उपसभामुख देखी सांसदहरुले सेवा सुबिधा वाफत लिएका बिभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेशका निबर्तमानउपसभामुख र ५ जना निबर्तमानमन्त्रीसहित ८ जनाले सेवा सुविधाबाफत लिएको सरकारी सामानहरू फिर्ता नगरेका हुन्।

प्रदेश सभाको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको ५ महिना बितीसक्दा सम्म पूर्वउपसभामुख,मन्त्री सहित साँसदको सरकारी सामान प्रतिको मोह नत्यागी रजगज चलाइरहेका छन् । २०७४ सालको प्रदेश सभाका बेला उपसभामुख हालको निबर्तमानउपसभामुख निर्मला बडाल जोशीले निवासमा प्रयोग गरेका कुनै समान फिर्ता गरेकी छैनन्। प्रदेश सभा सचिवालयले

प्रदेश सभामा नयाँ सदस्य निर्वाचित भएर आएको ५ महिना बितेपनि पुराना कार्यकालका उपसभामुखसहित ८ जनाले सुविधाबापत लिइएको सामान अझैसम्म फिर्ता नगरेको जनाएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैशीले ल्यापटप फिर्ता नगर्नेमा पूर्वमन्त्री पूर्णा जोशी, पूर्व राज्यमन्त्रीहरु अर्चना गहतराज, मना कुमारी साउँद, मानबहादुर सुनार र माया तामाङ बोहरा रहेको बताए ।

यद्यपी पूर्व मन्त्री जोशीले आफ्नो नामबाट लिइएको देखिएको ल्यापटप पूर्वमन्त्री तथा हालका एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले लिएको बताउँदै आएकी छिन्। आफूले पटक–पटक फिर्ता गर्न अनुरोध गर्दै आएको जोशीको भनाइ छ। पूर्व सांसद उमा कुमारी बादी र प्रेम प्रकाश भट्टले पनि ल्यापटप फिर्ता नगरेका हुन् ।

त्यस्तै पूर्वउपसभामुख जोशीले सरकारी निवासमा रहेको फर्निचर घर लगेको र अझैसम्म फिर्ता नगरेको सचिवालयका सूचना अधिकारी जैशीको भनाई छ ।प्रदेशसभा सचिवालयका सुचना अधिकारी जैशीले समान फिर्ता गर्न पटकरपटक ताकेता गर्दै आएपनि अटेरी गरेको बताएका छन्।

सरकारी उच्च ओहदामा बसेका सांसदहरुले सुबिधा वाफत पाएका समान समेत फिर्ता नगर्दा राजनिति गर्ने ब्यक्तीमाथी जनताले जिम्मेवार र नैतिकता बिहीन भएको जनताको बुझाई छ । जनताको सेवा गर्छु भनेर राजनितिमा आएका नेताहरु नेतृत्वमा पुगेपछि राज्य सम्पति दुरुपयोग त गर्छन नै झन राज्यबाट पाएका सुबिधा कार्यकाल सकिदा समेत फिर्ता नगर्नुले उनीहरुमाथी जनताको आक्रोस बढेको बताइएको छ ।

clock शनिबार १६, बैशाख २०८० ०७:३४     विश्वास खबर

प्रतिक्रिया